दार्चुला जिल्लामा शनिबार राति भूकम्पको धक्का महसुस


दार्चुला, २२ पुुस । दार्चुला जिल्लामा शनिबार राति १० बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

दार्चुला जिल्ला सदरमुकामदेखि २९ किलोमिटर टाढा भारतको उत्तराखण्ड केन्द्र विन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी दीपक बस्नेतले जानकारी दिए ।

भूकम्पको धक्काबाट भौतिक तथा मानवीय क्षति भएको छैन । भूकम्पीय दृष्टिकोणले जोखीमयुक्त मानिएको दार्चुला जिल्ला आसपासको क्षेत्रमा समय समयमा भूकम्प जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement