मुटुरोगले लिन्छ ज्यान, यी ७ तरिका अपनाई आजैदेखि आफ्नो मुटु बचाउनुहोस

मुटु शरीरको सबैभन्दा बढी संदेनशिल अंग हो । मुटुलाई जोगाएर राख्नु अति आवश्यक हुन्छ ।

मुटुमा आफै समस्या आउने सम्भावना कम हुन्छ । तपाईकै कारण मुटु जोगिने र जोखिममा पर्ने हुन्छ । खानपान देखी सुत्ने सम्मका केही कुराहरुमा ख्याल गर्ने हो भने मुटुलाई सजिलै सँग जोगाउन सकिन्छ ।

पछिल्लो समय मान्छेहरु मुटुको समस्याबाट धेरै नै पिडित भएको पाईन्छ । गरिबी बिद्यमान रहेको हाम्रो जस्तो देशका नागरिकले मुटुको उपचार गर्न समस्या छ । अन्य उपचारको तुलनमा त्यस्को उपचार अलि महङ्गो हुने गर्छ । त्यसैले हामीले रोग लाग्न दिनु नै हुँदैन् । मुटु बचाउने केही कुराहरु हामीले तल उल्लेख गरेका छौँ ।

१. कम्तिमा सात घन्टा सुत्ने

हरेक रात कम्तिमा सात घन्टा सुत्ने गर्नुहोस् । कडा परिश्रम छ भने आठ घन्टा सुत्न सकिन्छ । निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ ।

२. आफ्नो रक्तचाप जानी राख्ने

रक्तचापको जानकारी अत्यन्त महत्वपूर्ण छ । उच्च रक्तचापले धमनीलाई कमजोर बनाउँदै लान्छ । १२०÷८० देखि १३०÷८५ को रक्तचापलाई उच्च मानिदैन । रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको आफ्नो शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नु हो । यसका लागि व्यायाम, मोटोपना घटाउने, तनाव मुक्त हुने उपाय अवलम्बन गर्नु राम्रो हो ।

३. चुरोट खानेको नजिक नबस्ने

अरूले खाएको धुँवाले पनि तपाईंलाई उत्तिकै असर गरिरहेको हुन्छ । चुरोट खाएको वरिपरि एक घन्टासम्म बस्नाले दिनको दुईदेखि चारवटा चुरोट खाए समान हानि पु¥याउँछ । धूम्रपान यसै पनि मुटुरोगको एउटा कारण हो ।

४. दैनिक ३० मिनेट हिड्ने

व्यायामले मानिसको आयु बढाउन मद्दत गर्छ । साथै, व्यायामले मुटुको धड्कन हरेक दिन राम्रोसँग चलाउन पनि सहयोग पु¥याउँछ । बुढोपना शरीरमा नदेखिनु त यसको प्रत्यक्ष फाइदा भइहाल्यो । त्यसैले दिनको कम्तिमा ३० मिनेट हिँडेर भए पनि स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ ।

५. हप्ताका एक दिन माछा खाने

माछामा पाइने ‘ओमेघा–३’ तेलले मुटु र धमनीको चाललाई चुस्त राख्छ । यसमा पाइने प्रोटिनले मान्छेको मुटुलाई सबैभन्दा धेरै फाइदा गर्ने अनुसन्धानले देखाएको छ ।

६. सन्तुष्ट हुन सिक्ने

आर्थिक कारणले मानसिक तनाव कहिल्यै लिन हुँदैन । तनाबले मान्छेको निन्द्रा मात्र होइन मुटुको काम गर्ने क्षमतामा पनि ह्रास ल्याउँछ ।

७. दाँत माझ्ने

गिजामा लाग्ने रोगहरूले कहिलेकाहीँ हृदयघातसम्म गराउन सक्छ । तसर्थ, दन्त स्वास्थ्यको ख्याल गरेर पनि मुटु बचाउन सकिन्छ ।