एउटै कार एकै दिनमा २ पटक चोरी !

एजेन्सी, २१ पुस । एउटै कार एकैदिनमा केहि समयको अन्तरालमै दुई पटक चोरी भएको छ । घटना हो इङल्याण्डको, लिसेस्टरको लुटरवर्थस्थित एक दम्पतिको घरबाट कार हराएको सूचना पाएको प्रहरीले कार भेटेर प्रहरी स्टेशनमा राखी धनिलाई फोन गरेर कार भेटिएको सूचना दिन नपाउँदै उक्त कार फेरि तीनै चोरहरुले चोरेको हो । एकपटक हराएर भेटिएको कार फेरी हराएरपछि प्रहरी प्रशासन दम्पतिसँग माफी माग्न बाध्य भएको छ ।

ओडी कम्पनीको यो कार ४० हजार पाउण्ड अर्थात नेपाली मुल्य अनुसार करिब ५७ लाख रुपैया मूल्यको थियो । कार भेटिएर दोस्रो पटक हराएको सूचना दिन दम्पतिलाई फोन सम्पर्क गर्दा मजाक गरेको भनेपछि उनीहरुले माफी मागेका हुन् ।

दम्पत्तिको घरबाट चोरी गरेर लगेको कारको बीच बाटोमा नै प्रेटोल सकिएपछि कारलाई राजमार्गमा नै छोडेर चोरहरु त्यहाँबाट भागेका थिए । प्रहरीले कार खोज्दै राजमार्गमा आएको थाहा पाएपछि प्रहरीले यो कार प्रहरी स्टेशनमा लैजान्छ भन्ने अनुमान लगाएरै फेरि कार चोर्ने योजनामा रहेका चोरहरुले प्रहरी स्टेशन गए र त्यहाँबाट नै कार चोरेर टाप कसे । यतिबेला प्रहरीहरु कारको खोजीमा जुटेका छन् ।