क्रिसमसको विदा फर्काउने, पृथ्वी जयन्तीको कटौती गर्ने ? : दिपकराज गिरी

काठमाडौँ, २१ पुस । अन्य चाडपर्वको लागी सार्वजनिक विदा थप गर्ने सरकारी  प्रक्रिया अगाडी बढेसंगै काटिएको पृथ्वी जयन्तीमा पनि बिदा दिन सर्बसाधारणको माग हुन थालेको छ ।

यसै विषयमा कलाकार दिपक राज गिरिले पनि आफ्नो धारणा राखेका छन । काटिएको बिदा थप्ने निर्णय सहि भए पनि पृथ्वी जयन्ति त्यो भन्दा महत्वपूर्ण रहेको जनाएका छन । गिरि लेख्छन – ‘काटिएका बिदा थप्ने निर्णय सही। तर लोकतन्त्र दिवसजस्तै महत्वपूर्ण दिवस हो पृथ्वी जयन्ती। देश छ र त लोकतन्त्र छ…। पोहोर काटिएका सबै यथावत राखिनु राम्रो’

सरकारले २०७६ मा १५ ओटा सार्वजनिक विदा थप्दै

विभिन्न जातीय तथा सांस्कृतिक पर्वहरुलाई मान्यता दिँदै सरकारले आगामी वर्षका लागि १५ ओटा विदा थप्न सरकारले प्रस्ताव गरेको छ ।

विदा पुनरावलोकन समितिले वि. सं. २०७६ का लागि विदा थप गर्न प्रस्ताव गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई सम्मिलत समितिले विभिन्न ८ पर्वहरुमा ११ दिन विदा दिनका लागि प्रस्ताव गरेको छ ।

समितिले हाल रहेका सबै विदालाई यथावत् राख्दै विदा थप्न प्रस्ताव गरेको हो ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन लगायत मुस्लिम संस्थाहरुको माग बमोजिम इदुल पित्र, बकर ईद र मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने प्रस्ताव गरिएको छ ।

त्यसैगरी, इदुल पित्र, बकर ईद र मोहम्मद जयन्ती, क्रिसमस, उभौलि र उधौली, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार, छठ पर्व र माघी, ऋषि पञ्चमीमा महिलाहरुलाई मात्र, जनैपूर्णिमालगायतका पर्वहरुमा विदा दिन प्रस्ताव गरिएको छ ।