पहिलो ‘द भ्वाईस अफ नेपाल’ सिडि विजय अधिकारीको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ , २१ पुस । पहिलो “द भ्वाईस अफ नेपाल” सिडि विजय अधिकारीको नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ ।

“धनलाई माया…” बोलको गीत रक्षा म्युजिकको युट्युब च्यानल मार्फत हिजो शुक्रवार सार्वजनिक भएको हो ।

यस गीतमा प्रेम सागर पौडेलको निकै नै मनछुने शब्द रहेको छ भने संगीत पनि स्वंयम रचनाकारकै रहेको छ । हेमन्त शिशिरको एरेन्जमेन्ट रहेको यस गीतको हालको लागि लिरिकल गीत सार्वजनिक गरिएको हो भने म्युजिक भिडियो आइसकेको छैन ।