एक अध्यनका अनुसार विवाहित पुरुषहरु अविवाहितको तुलनामा ७ वर्ष बढि बाच्ने

एजेन्सी – बिवाह दुई व्यक्तिहरूको सामाजिक, धार्मिक अथवा कानूनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवार बिच नया नाता सम्बन्ध जोड्ने काम गर्छ ।

बिवाहका शैली, मान्यता, संस्कार, प्रचलन भूगोल र समुदाय अनुसार भिन्न भिन्नै छ । कसैले विवाहलाई सृष्टीको अनिवार्यता मान्छन् त कसैले स्वेच्छिक विषय मानेका हुन्छन् । हालै गरिएको एक अध्ययनले अबिवाहित पुरुषको तुलनामा बिवाहित पुरुषको आयु लामो हुन्छ । अर्थात तुलनात्मक रुपमा अबिवाहित पुरुष चाँडै मर्ने सम्भावना ६ प्रतिशत बढी हुन्छ ।

७ वर्ष लगाएर सम्पन्न गरिएको सो अध्ययनका अनुसार विवाहित पुरुषहरु अविवाहितको तुलनामा बढि स्वस्थ हुन्छन् । वैज्ञानिकहरु यतिसम्म भन्छन् कि पुरुषहरुको लामो उमेरको रहस्य विवाहित हुनु नै हो । बिवाहित पुरुष एक्लो जीवन बाँच्ने पुरुषको तुलनामा औसत ७ वर्ष बढि बाँच्छन् । यसको कारण हो भने पत्नीहरुले पतिको तनाव सेयर गर्नु । वल्र्ड हार्ट फेडरेसनले आफ्नो एक सोध प्रतिवेदनमा भनेको छ, कसैको प्रेम प्राप्त गर्नु वा कसैलाई प्रेम गर्नु मुटु बलियो बनाउनका लागि प्रभावकारी ओखति हो ।

प्रेमको कारण नै व्यक्तिले आफ्नो मनस्थितिलाई सदैव सकारात्मक राख्न सक्छ, र तनावबाट टाढा रहन्छ । मुटुरोगका विशेषज्ञहरुका अनुसार प्रेमको कारणले नै भावनात्मक सहारा मिल्छ जसले मुटुमा बोझ पर्न दिँदैन । यही कारण विवाहित व्यक्तिलाई हृदयघात हुने सम्भावना अविवाहितलाई भन्दा कम हुन्छ ।