श्रीमतीले आफ्नो श्रीमानकाे अगाडि कहिल्यै गर्नु हुँदैन यी १६ कामहरु !

एजेन्सी । श्रीमान र श्रीमतीको सम्बन्ध निकै पवित्र हुन्छ। जीवन अगाडी बढाउन अनेकै कठिनाईहरु संगै पार गर्ने अठोट लिएको हुन्छन।  श्रीमान–श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन सबै कुराहरुको शेयर गर्नु पर्ने हुन्छ । तर सम्बन्धलाई जोगाई राख्न अपनाउनु पर्ने सावधानी नअपनाउदा ठूलो समस्यामा पर्ने गर्छन्।

सामान्यता संसारभरका मानिसहरुमा पुरुषत्वको भाव सम्बन्ध हावी हुने गर्छ  । यसले पनि सम्बन्धमा अप्ठ्यारोपन आउने गर्छ। दम्पत्तीको सम्बन्धलाई दिगो र मजबुद बनाउन दुवै जनाले धेरै विषयमा सम्झौताहरु त गर्नुपर्ने हुन्छ । जसमा स्वभावले गर्दा पनि पुरुषमा अलि तत्काल आक्रोस आउने हुँदा श्रीमतीले सम्बन्धलाई बलियो बनाउन अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ । अनुसन्धानले भन्छ, श्रीमान् घरको पर्खालमा लागाएको इट्टा हो भने श्रीमती भनेको बलुवा र सिमेन्टबाट बनाईएको मसला हो। यदि इट्टाको चर् चरमा पुगेर मसलाले इँटालाई बाँध्ने काम गरेन भने इट्टा छिन् भरमै ढल्न र यत्रतत्र छरिन्छ।

त्यसैले सम्बन्धलाई सुमधुर बनाउने हो भने  महिलाले केहि कुराहरुमा बढी सम्झौता गर्नु पर्ने हुन्छ। एक अनुसन्धानका अनुसार दम्पतीको सम्बन्ध सुमधुर र बलियो बनाई राख्न महिलाले यी १५ बुँदाहरुमा ध्यान पुर्याउनै पर्छ। जुन यस प्रकार छन्:

१. आफ्नो श्रीमानलाई कहिल्यै पनि अरु पुरुषसँग तुलना नगर्ने र श्रीमानसँग ठूलो आवाज गरेर नबोल्ने गर्नु पर्छ  । किनभने महिलाको               सुमधुर स्वरमै पुरुष मोहित हुने गर्छन्।

२. श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।

३. श्रीमानको मेहिनत र पसिना ख्याल गर्ने र कुनै दिन श्रीमान खाली हात घर आए पनि उसलाई गाली नगर्नु  ।

४. आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।

५. श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।

६. उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।

७. कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्यान गर्नु नभन्नु ।

८. श्रीमानले चाहेको समयमा यौन सम्बन्ध राख्न तयार बन । किनभने पुरुषको लागि यो निकै महत्वपूर्ण छ । लामो समयसम्म यौन सम्पर्क नराख्दा उसलाई तनाव हुन्छ ।

९. सेक्स प्रस्ताव अस्वीकार गर्दै नगर्नु ।

१०. बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु  र समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।

११. घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।

१२. आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु र आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।

१३. शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु ।

१४. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।

१५. श्रीमानको अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।

१६. श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।

माथि प्रस्तुत बुँदाहरु पुरुषहरुमा पनि लागु हुन्छ। यदि माथि उल्लेखित बुँदाहरु बमोजिम कुनै पनि दम्पतीले सजक भएर आफ्नो पार्टनरसँग व्यवहार गर्न सके सैच्चिकै त्यो जोडी संसारकै उदाहरणीया जोडी बन्न सक्छ।