भारतीय धनाड्य मुकेश अम्बानीको छोरा आकाशको विवाह हुदै, यी हुन् धनाड्य परिवारको हुनेवाला बुहारी

एजेन्सी। भारतका सबै भन्दा धनि व्यक्तिका नाम भन्ने वित्तिकै मुकेश अम्बानीको नाम आउछ । भारतक धनाड्य अम्बानीको छोरि इशा अम्बानीको केहि समय अगाडी मात्रै  विवाह सम्पन्न भएको थियो। उनको विवाहमा धेरै खर्च गरिएको समाचारहरु पनि प्रसस्तै आएको थियो ।

अहिले अम्बानी परिवारका जेठा छोरा आकाश अम्बानीको विवाहको विषयले पनि भारतीय संचार माध्यमहरुमा राम्रै ठाउ पाइरहेको छ। आकाशको विवाह श्लोका मेहतासँग पक्का भएको हो। सन् २०१८ मा यी दुईको इन्गेजमेन्ट भएको थियो। भने यहि डिसेम्बर ८ देखि १२ सम्ममा हुने स्रोतले जनाएको छ ।

को हुन् श्लोका मेहता ?

श्लोका भारतका चर्चित हीरा कारोबारी रसेल मेहताकी छोरी रहेकी छिन्। श्लोकाकी आमा मोना मेहता पनि ब्लू डायमन्ड्सको म्यानेजिंग डायरेक्टर रहेकी छिन्। प्रिंसटन यूनिवर्सिटी से मानवशास्त्रमा २०१३ मा स्नातक डिग्री हँसिल गरेकी श्लोकाले स्कुल धीरूभाई अंबानी इंटरनेशनल स्कूलमा आकाश अम्बानी सँगै पढेकी थिइन्।

२०१४ देखी श्लोका रोजी ब्लू फाउन्डेशनको डायरेक्टर रहेकी छिन्। परिवारकी कान्छी छोरी रहेकी श्लोका सुन्दरतामा पनि धेरै अघि छिन्। सुन्दरताको मामलामा आकाश भन्दा श्लोका धेरै अगाडी छिन्।