साहित्यकार निभा शाहलाई मातृशोक

काठमाडौँ, २० पुस । साहित्यकार निभा शाहको माता सुशीला शाहको ८० वर्षको उमेरमा निधन भएको छ ।

मिर्गौला रोगबाट पीडित उहाँको मध्यबानेश्वरस्थित भेनस अस्पतालमा उपचारको क्रममा गए राति २ बजे निधन भएको हो । शाहको श्रीमान्, एक छोरा र एक छोरी हुनुहुन्छ ।

मुलुकमा प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नुभएकी शाह जातीय छुवाछूतको अन्त्य तथा सामाजिक न्यायको पक्षमा क्रियाशील हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जनसाँस्कृतिक महासङ्घ नेपालका सदस्य जगत वाशिष्ठले जानकारी दिनुभयो । रासस