त्यति ठूलो जहाजको सात क्रु मेम्बर्सले यी एक्ली यात्रुलाई मात्र उडाएपछि…!

काठमाडौ, २० पुस । एक युवतीको चार्टर्ड प्लेनमा एक्लै यात्रा गर्ने सपना थियो अन्ततः त्यो अनौठो चाहना अचानक पुरा भएको छ ।

फिलिपिन्सकी लोएसा एरिस्पेकी लाइसा नाम गरेकी महिलाको यस्तो चाहना फिलिपिन्स एयरलाइन्सले पुरा गरिदिएको हो ।

उनले फेसबुकमा अपडेट गरेको जानकारी अनुसार उनी मनिला जानको लागी फिलिपिन्सको एयरपोर्टमा पुगेर पिआर२०२० फ्लाइटमा बसेकी थिइन् । तर जब उनी विमानभित्र छिरेर बसिन् । त्यस फ्लाइटमा उनी भन्दा अरु कोही थिएन् । उक्त फ्लाइट रातीको भएकाले त्यसमा सात क्रु मेम्बर्स मात्र थिए ।

जुन अबिस्मरणीय क्षणमा रमाइलो गर्दै उनले खाली बिमानको तस्विर खिचिन् । र त्यही रहेका विमानका सात क्रु मेम्बर्ससँग पनि सेल्फी खिचिन् । त्यसपछि विमानमा उनको मात्र लगेज भएकाले त्यही लिएर आफ्नो गन्तब्यमा पुगिन् । त्यसपछि उक्त फोटोलाई आफ्नो फेसबुकबाट पोष्ट गरिन् । उनले आफ्नो फेसबुक वालमा अपलोड गरेको तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

एजेन्सीका अनुसार उनी पिटिभीकी समाचार रिपोर्टर हुन् ।