यी बिशेषताहरुसहित सिप्रदीको नयाँ प्रोडक्ट टाटा ईएक्स–१३० सार्बजनिक

काठमाडौं, २० पुस । सिप्रदी अर्थमुभर्स प्रा.लि.ले आफ्नो नयाँ उत्पादन टाटा ईएक्स–१३० सार्वजनिक गरेको छ ।

नेपालका लागि टाटा हिटाचीको आधिकारिक बिक्रेता सिप्रदीले आफ्नो नयाँ प्रोडक्ट टाटा ईएक्स–१३० र टाटा ईएक्स–७० लन्च गरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लन्च गरिएको सिप्रदीको टाटा इएक्स १३० ले इन्धन कम खपत गर्नुका साथै कम समयमा नै लगानी उठाउन सकिने कार्यक्रममा जानकारी दिइएको छ ।