काठमाडौंबाटै पक्राउ परे नेकपा विप्लव समूहका यी तीन नेता !

काठमाडौँ, २० पुस । नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहका तीन नेता उपत्यकाबाटै पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले विहीबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर भैंसेपाटी बस्ने ३१ बर्षिय लोकेन्द्रराज थापा, ३७ बर्षिय केशवबहादुर बुढा र ३१ बर्षिय विकास थापा रहेका छन् ।

पक्राउ पर्ने तीनैजना विप्लव समूहको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको हाइड्रो तथा खानी विभाग वरिष्ट पदाधिकारी रहेका छन् । लोकेन्द्रराज थापा, केशवबहादुर बुढा र विकास थापा क्रमश विभागका अध्यक्ष, उपाध्यक्ष र महासचिव हुन् ।

प्रहरीका अनुसार काठमाडौं लगायत विभिन्न ठाउँका व्यापारीलाई धम्क्याउँदै चन्दा माग गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।