सिन्धुपाल्चोकस्थित बमजनको आश्रममा फोरेन्सिक विशेषज्ञसहितको प्रहरी टोलीको छापा !

काठमाडौं, २० पुस । तपश्वी रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित आश्रम भित्र प्रहरीले खनतलास सुरू गरेको छ ।

सञ्चलाल वाइवाको हत्या तथा अरू तीन बेपत्ता पारिएको बम्जनको आश्रममा फोरेन्सिक विशेषज्ञसहित प्रहरीले खानतलास शुरु गरेको हो ।

बमजनको सिन्धुपाल्चोक, बाडेगाउँस्थित आश्रममा खनतलास गर्न शुक्रबार बिहान साढे ११ बजे नै प्रहरी टोलि पुगिसकेको समाचार छ ।

सिआईबीसहितको प्रहरी टोली फिल्डमा परिचालन गर्ने जिम्मा सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीले पाएका छन् ।

बमजन आश्रमको खानतलासी गर्न सिन्धुपाल्चोक जिल्ला अदालतबाट प्रहरीले बिहिबार नै अनुमति लिइसकेको थियो ।