त्रिभुवन विश्वविद्यालयको विद्यार्थी नै नभएको इतिहास विभागमा ८ प्राध्यापक कार्यरत !

काठमाडौँ,२० पुस । देशकै सर्बोच्च प्राज्ञिक निकाय त्रिभुवन विश्वविद्यालयअन्तर्गत इतिहास केन्द्रीय विभागमा बिद्यार्थी संख्या सुन्य रहेका छन् ।

आठ जना प्राध्यापक कार्यरत रहेको उक्त विभागमा गत बर्षदेखि नै बिद्यार्थी संख्या सुन्य रहेको हो ।

सुन्य बिद्यार्थी रहेको विभागमा कार्यरत प्राध्यापकको लागि त्रिविले वार्षिक ५० लाखभन्दा धेरै रकम खर्च गरिरहेको छ । त्रिविले प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकको मासिक तलब सुविधा अधिकतम क्रमशः ५४ हजार, ४९ हजार र ४३ हजार रुपैयाँ तय गरेको छ । विभागको वार्षिक प्रशासनिक खर्च नौ लाख रुपैयाँ छ ।

विद्यार्थीबाट उठाएको रकमबाट प्रशासनिक खर्च चल्थ्यो । विद्यार्थी नै नभएपछि यो खर्च कसरी धान्ने भन्ने चिन्ता विभागलाई छ ।

प्राइभेट विद्यार्थीको थेसिस हेर्ने र नयाँ विद्यार्थी कसरी ल्याउने भन्ने योजना बनाएर दिन बित्ने गरेको विभागका प्रमुख शंकर थापा बताउछन् ।