वडाध्यक्षले नै बिजुली चोरेपछि…!

काठमाडौ, चैत्र । जनप्रतिनिधि नै चोरीमा संलग्न भए पछि त्यस्ता व्यक्तिले समाजमा सुशासन कसरी कायम गर्न सक्छ भन्ने प्रश्न टड्कारो बनेको छ ।

काभ्रेको पनौती नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष विद्यूत चोरीमा संलग्न भएको खुल्न आएपछि यो प्रश्न झनै टड्कारो बनेको हो ।

नेपाल विद्यूत प्राविधिकरण बनेपा शाखाको टोलीले वडाध्यक्ष तारामान लामाको घरमा चोरी गरेको विद्यूतबाट सञ्चालन गरिरहेको सामग्री बरामद गरेको जनाएको छ ।

उनको घरबाट फ्रिज र मिटरबक्स निय्रन्त्रणमा लिएको प्राधिकरणका इन्जिनियर नरेश मानन्धरले जानकारी दिए । उता, वडाअध्यक्षले भने आफ्नो घरमा प्राविधिकरणको टोली पुगेको बारे आफुलाई कुनै जानकारी नभएको बताएका छन् ।

आफुले विद्युक्त प्रयोग गरेको तर चोरीको हो वा होईन् त्यो ख्याल नगरेको प्रतिकृया जनाएका छन् ।

गाउँमा विद्यूत चुहावट भएको गोप्य सुचनाको आधारमा प्राविधिकरणको टोली वडा नम्बर ११ पुगेको थियो । वडाध्यक्ष लामाले धेरै पहिलो देखि विद्यूत चोरी गरेर घरमा विद्यूत बाल्दै आएको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

लामा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।