दुई जना मृत फेला

पोखरा, २४ चैत । गण्डकी प्रदेशका कास्की र मुस्ताङमा आज दुई जना मृत फेला परेका छन् ।

पोखरा महानरपालिका–३१ बेगनास तालस्थित डुंगाघाटमा ४५ वर्षीय एक पुरुष तथा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ ताक्लिङमा ३५ वर्षीय एक पुरुषको शव फेला गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार दुवै घटनाका बारेमा अनुसन्धान भइरहेको छ । -रासस