आजको राशिफल : वि.सं.२०७५ साल चैत्र २५ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल ०८ तारिख

वि.सं.२०७५ साल चैत्र २५ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल ०८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्ल पक्ष । तिथि तृतीया,२४ घडी १६ पला,दिउँसो ०३ बजेर ३२ मिनेट उप्रान्त चतुर्थी ।करण गर,दिउसो ०३ बजेर ३२ मिनेट उप्रान्त वणिज,रातको ०३ बजेर १९ मिनेट उप्रान्त भद्रा । नक्षत्र भरुणी,०८ घडी ४० पला,बिहान ०९ बजेर १७ मिनेट उप्रान्त कृतिका । योग प्रिती,३४ घडि ५८ पला,बेलुकी ०७ बजेर १९ मिनेट उप्रान्त आयुष्मान । आनन्दादिमा चर योग । चन्द्रराशि मेष,दिउसो ०३ बजेर २४ मिनेट उप्रान्त बृष । मन्वादि। गौरीव्रत। मत्स्य जयन्ती। मच्छेगाउँमा मत्स्यनारायण मेला। काठमाडौंमा सूर्योदय ०५ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २४ मिनेट । दिनमान ३१ घडी २७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । साझपख जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सानो प्रयत्नले लक्ष्य प्राप्त गर्न सकिनेछ भने सानो सानो व्यावसाय गर्नेहरुले मनग्गे फाईदा कमाउन सक्नेछन् । आर्थिक अवस्था सुदृढ हुने हुनाले प्रगति पथको यात्रा तय गर्न सकिनेछ । बिभिन्न स्रोत साधनको प्रयोग गरि मनग्गे लाभ लिन सकिनेछ । अध्ययन तथा अध्यापनमा थोरै मेहनेत गर्दा पनि सफलता हात लाग्नेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने घर परिवारमा सबैसँग सम्बन्ध राम्रो बनाउन सकिनेछ । साझपख स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला । यात्रा हुने प्रवल सम्भावना रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने लामो समयदेखि भेटघाट नभएका साथिभाई तथा ईष्टमित्रसँग भेट हुँने हुँदा मन प्रशन्न हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कामहरु समयमा सम्पादन नहुदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । सानो कामलाई पनि प्रशस्त समय खर्चिनु पर्नेछ । झन्झटिलो प्रक्रिया अपानाउँनु पर्दा न्यून उपलब्धिमा चित्त बुझाउनु पर्नेछ । अध्ययनमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्नेछैन । धार्मिक तथा शैक्षिक यात्राको तय हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामाना गर्नु पर्नेछ । घर परिवार तथा आफन्त सँग मनुमुटाब बढ्ने योग रहेकोछ । साझपख राजनिति तथा समाजसेवमा जनताको समर्थन प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

समय र कामको तालमेल मिलाउन नसक्दा बिभिन्न अवसरहरु गुम्न सक्छन् ध्यान दिनहोला । अवसरबादीहरुको चंगुलमा परिनेछ भने रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लगीएका रकमहरु फिर्ता हुने छैनन् । जीवन साथि तथा आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा घाटा लाग्नेछ भने साझेदारहरु बिच आर्थिक कुरालाई लिएर बिवाद बढ्न सक्छ ख्याल गर्नुहोला । साझपख समय राम्रो रहेकोले खोज तथा अनुशन्धानको क्षेत्रका राम्रो प्रगति गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समाजमा आफ्नो खुबि प्रयोग गरि नाम कमाउन सकिनेछ । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । व्यापार व्यावासायमा लगनशिल तथा ईमान्दारिताका साथ लाग्नाले मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरियो यात्रा गर्न सकिनेछ । माया प्रेमको गाठो अरुदिन भन्दा कसिलो भएर जाने योग रहेकोछ । साझपख पढाई लेखाईमा मन जानेछैन । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

घर परिवारमा आफन्त तथा आमालाई छोडेर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला छाति तथा श्वासप्रश्वास सम्बन्धि समस्या आउँन सक्छ । घर जग्गा तथा पशुपालन व्यावसायमा समय खर्चने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । समयमा काम नसकिने हुँनाले मान सम्मानमा कमिको महशुस हुनेछ । माया प्रेममामा एक अर्काबिच केहि समयको लागि टाडिनु पर्ने बाध्यात्मक परिस्थितिको सिर्जना हुनेछ । साझपख प्रेम प्रस्ताब आउँने तथा छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कुसस्कार तथा अन्धबिश्वास बिरुद्ध कलम चलाएर तपाईबाट समाजमा जनचेतना फैलाउने काम हँुनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुनेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । जनसम्पर्क बढ्ने तथा दाजुभाई,छिमेकिबाट भनेजस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । साझपख आफुभन्दा बिशिष्ट ब्याक्तिसँगको भेटघाटमा बिवाद हुन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

थोरै समय र सानो लगानि गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्ब सँग भेटि नया कामको योजना बुन्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । समाजसेवा तथा गित संगीत जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।

तपाईको दिन शुभ रहोस् । ज्योतिषी तारानाथ भण्डारी ।