एक टुक्रा स्याउका कारण बर्बाद भयो यी २२ महिनाका बालकको जीवन

रोटोरुआ, २४ चैत्र । न्यूजिल्याण्डमा स्याउको एक टुक्राले २२ महिनाका उक बालकको जीवन बर्बाद गरिदिएको छ । एक टुक्रा स्याउका कारण ती बालक न आफ्नो खुट्टामा उभिन सक्छन न त बोल्न नै सक्छन् ।

ती बालकलाई स्याउको टुक्रा खान दिइएको थियो तर त्यो टुक्रा उनको घाँटीमा अड्कियो । ३० मिनेटसम्म उनलाई कार्डिएक अरेस्ट भयो र बालक सिभियल सेरेब्रल पाल्सी नामक स्वासथ्य समस्याको शिकार बने ।

न्यूजिल्याण्ड हेराल्डको समाचारमा उल्लेख भएअनुसार यो दुर्घटनापछि ती बालकलाई अढाइ महिना अस्पतालमा बसेर उपचार गरिएको थियो । तर पनि उनि सन्चो हुन सकेनन् । पनि उनी आफ्नो खुट्टामा उभिन, बोल्न, खान र शरीर चलाउन पनि असमर्थ छन् । यसको पछाडि उनलाई राखिएको पूर्वप्राथमिक स्कुलका स्टाफसँग खाने कुराको सुरक्षा र प्राथमिक उपचारको तालिम नहुनु जिम्मेवार मानिएको छ ।

यो दुर्घटना रोटोरुआको लिटिल लाइट्स किंडीमा मे २०१६ मा भएको थियो, जसको घटना विवरण अहिले अर्ली चाइल्डहुड एजुकेशनल नेशनल नेटवर्कको एक रिपोर्टमा प्रकाशित भएको छ ।

नर्सरीको किचनका उनीसहित सबै बालबालिकाको लागि स्याउ काटिएको थियो । बालबालिकाहरुलाई स्याउका साना साना टुक्रा खानको लागि दिइएको थियो । त्यही बेला एक शिक्षकले ख्याल गरे कि नेहानाले स्याउको टुक्रा गलत तरिकाले निले र त्यो उनको घाँटीमा अड्कियो । शिक्षकहरुले स्याउको टुक्रा निकाल्ने कोसिस गरे तर स्याउसँगै उनको घाँटीबाट रगत निस्कन थाल्यो र बालक बेहोस भए ।