रानीमहलमा छोरीसँगै खिचेको तस्बिर फेसबुकमा राख्दै हास्यकलाकार मनोज गजुरेलले लेखे यस्तो स्टाटस

काठमाडौं, २४ चैत । हास्य कलाकार मनोज गजुरेल आफ्ना छोरीलाई लिएर पाल्पाको रानीमलल पुगेका छन् ।

हत्तपत्त आफ्नो परिवारको तस्बिर फेसबुकमा राख्न नरुचाउने गजुरेलले रानीमहल अगाडि बसेर छोरीसँग खिचाएको तस्बिर भने फेसबुकमा राखेका छन् ।

उनले रानीमहलको निकै तारिफ पनि गरेका छन् । उनले तस्बिरसँगै राणातन्त्रले निर्माण गरेको सुन्दर रानीमहल गणतन्त्रमा झन् सुन्दर बनाउनु पर्ने पनि उल्लेख गरेका छन् ।

रानीमहल पुगेपछि उनले त्यसको सौन्दर्यको प्रशंसा गर्दै लेखेका छन्, ‘पेरिस पनि लाग्छ हाम्लाई पाल्पाभन्दा फिका !’