गस्ती गर्दै नेपाली सेना (फोटो फिचर)

बाजुराको बडीमालिका नगरपालिका–२ माझीगाउँका स्थानीय पञ्चेबाजामा रुपमा रहेको दमाहा बजाउँदै । परम्परागत रुपमा बनाइएका दमाहा पछिल्लो समयमा कम प्रयोग हुँदै आएका छन् । तस्वीरः प्रेम रौले÷ रासस, बाजुरा (मार्तडी),

म्याग्दीको बेनी नगरपालिका –२ ज्यामरुककोटक गौश्वाराका स्थित भकुण्डे गौश्वारा जोड्ने करिब एकसय मिटर मोटरबाटो सोलिङ गर्दै स्थानीय । तस्वीर ः धु्रबसागर शर्मा,रासस,म्याग्दी
सिँजा गाउँपालिका – नराकोट स्थित भैरव माध्यामिक विद्यालयका दृष्टिविहीन बालबालिकालाई पुरानै ब्रेललिपिबाट पढाउँदै दृष्टिविहीन शिक्षिका शान्ति रोकाया । यस बर्षको नयाँ शैक्षिक सत्र फागुनदेखि सुरु भएपनि नयाँ पाठ्यपुस्तक (ब्रेललिपि) अझैसम्म आएको छैन । उक्त विद्यालयमा १२ जना विद्यार्थी अध्ययनरत छन् । तस्वीर मानदत्त रावल, रासस, जुम्ला
चैते दशैको अवसरमा बागलुङ स्थित पर्यटकीय गन्तव्यका रुपमा रहको कालिका भगवती मन्दिरतर्फ जादै भक्तजनहरु । तस्वीरःखेमराज गौतम, रासस, बागलुङ
नेपालगञ्जको वीपी चौकमा गस्तीमा निस्किएको नेपाली सेनाको टोली । नेपालगन्ज रंगशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने भएपछि बाँकेमा सुरक्षा सतर्कता बढाइएको छ । तस्वीर ः काशीराम शर्मा, रासस, बाँके
बागलुङ कालिका भगवती मन्दिर परिसरमा निर्माण गरिएको नौधारा । नौधारामा भक्तजनले स्नान गर्नका लागि कालिगण्डकीको पानी ल्याएर व्यवस्थापन गरिएको छ । कालिका गुठी व्यवस्थापन समितिले नौधारा माथि धनौलागिरि हिमालको दृश्य निर्माण थालेको छ । तस्वीरः तारानाथ आचार्य (रासस) बलेवा, बागलुङ