फर्सीको मुन्टा खानु स्वास्थ्यको लागि फाइदै फाइदा,सुगर देखि क्यान्सर सम्म लाग्न दिदैन !

हाम्रै वरिपरी सजिलै फलाउन सकिने स्वास्थ्यका लागि अतिनै राम्रो साग हो फर्सीको मुन्टा अर्थात फर्सीको पात ।

तपाई हामीले थोरै ठाउँमा पनि मज्जाले यो साग फलाउन सकिन्छ । थोरै जग्गा करेसावारीमा पनि आफुलाई पुग्ने फर्सीको मुन्टा फलाउन सकिन्छ । हामीले फर्सीको साग फलाउन नसकेपनि बजारमा प्रसस्तै मात्रामा जता ततै किन्न पाइन्छ ।

अन्य सागपात जस्तै फर्सीको मुन्टा खानु पनि स्वास्थ्यको लागि अत्यन्तै लाभदायी मानिन्छ । तपाई हामीले फर्सीको साग खाएपनि यसको फाइदा बारे थाहा नहुन सक्छ ।

बिशेष गरेर फर्सीको सागमा भिटामिन ई, सी, ए, बी ६, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थ प्रसस्त मात्रामा पाइन्छ । पौष्टिक तत्वले भरिएको फर्सीको साग खादा विभिन्न रोगहरुबाट पनि टाढै राख्दछ।

फर्सीको साग खादा आखाको समस्या,सुगर रोग,छाला सम्बन्धि रोग,उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोग लाग्नबाट बचाउछ ।