सर्लाहीमा पनि बारा र पर्साको जस्तै हावाहुरी चल्दा एक जनाको ज्यान गयो

काठमाडौँ, २३ चैत । गत आइतबार राति बार र पर्साको जस्तै हावाहुरी सर्लाहीमा पनि आएको छ ।
शनिबार दिउँसो आएको उक्त हावाहुरीमा परि एक जनाको मृत्यु भएको छ ।

हावाहुरीबाट रामनगर गाउँपालिका–१ का ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हावाहुरीले स्थानीय राजाराम चौधरीको खाजा पसलको बाँसको टाटी र फुसले छाएको छानो उडाएर थिच्दा सहनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सदरमुकाम मलंगवा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा शनिबार दिउँसो हावाहुरी चलेको प्रहरीले जानकारी दिएको छ ।

हावाहुरीका कारण स्थानीयहरुको घरको छाना उडाएको तथा केही घरहरुमा क्षति पुगेको समचारमा जनाइएको छ ।