रुख ढाल्ने क्रममा रुखले च्यापेर नेपाली कांग्रेसका नेताको प्राण गयो

बागलुङ, २३ चैत्र । बिहिबार रुख ढाल्ने क्रममा रुखले च्यापेर एक नेपाली कांग्रेसका स्थानीय नेताको मृत्यु भएको छ । निसीखोला गाउँपालिका ६ निवासी नेपाली कांग्रेस निसीखोला गाउँपालिकाका नेपाली कांग्रेसका एक स्थानीय नेता ३५ वर्षीय हिमबहादुर घर्तीको मृत्यु भएको हो ।

रुखले च्यापेर गम्भीर घाइते भएका घर्तिलाई हेलिकप्टरमार्फत् पोखरा गण्डकी अस्पतालमा लगिएको र उनको उपचारका क्रममा मृत्यु भएको हो । मृतक कांग्रेस नेता घर्तिको पार्थिव शरीरलाई पुन एम्बुलेन्समार्फत् आफ्नै गाउँ निसीमा ल्याएर शनिबार अन्येष्टि गरिएको छ। नेता घर्तीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरिएको थियो ।

घर्तीको पार्थिव शरीरमा संघीय सांसद ज्ञानकुमारी छन्त्याल र नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दोर्णकुमार कुँवरले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे। घर्तिको असामयिक निधन प्रति पार्टीले दुख ब्यक्त गरेको छ ।

०००

यो पनि पढ्नुहोस :

अङ्गीकृत नागरिकताको प्रावधान हटाउनुपर्छ : उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अङ्गीकृत नागरिकता दिने प्रावधान हटाउनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विदेशी नागरिकलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था बन्द गरी नेपाली नागरिकलाई सहज र सरल रूपले नागरिकता उपलब्धता हुने अवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपाल अध्यक्षसमेत रहनुभएका यादवले नागरिकतालाई राजनीतिक एजेण्डा नबनाउन आग्रह गर्दै नागरिकता वितरणमा ‘लैङ्गिक विभेद’ कायम रहेको छ भन्नुभयो । उहाँले संविधान संशोधन गरी न्याय परिषद्को संरचनामा परिवर्तन गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो । उपप्रधानमन्त्री यादवले परिषद्को गठन प्रक्रिया पुरानो र त्रुटीपूर्ण रहेकाले राजनीतिक कार्यकर्ताको पहुँच पुग्ने अवस्था भएकाले संरचना परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री यादवले न्यायपालिकाको गरिमा र विश्वसनीयता बढाउन र निष्पक्ष तथा स्वतन्त्र कायम गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकलको संरचना निर्माण गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले जनताको जीउधनको सुरक्षा गर्नु राज्यको पहिलो कर्तव्य भएकाले विप्लव समूहको क्रियाकलापलाई निषेध गर्न प्रतिबन्ध लगाइएको स्पष्ट पार्नुभयो । विप्लव समूहको माग के हो भन्ने सम्बन्धमा नै स्पष्ट नभएको बताउँदै उहाँले वर्तमान संविधानले आफ्नो माग राख्ने अधिकार सबैलाई दिएको हुनाले हतियार बोक्न र जनतामा आतङ्क सिर्जना गर्नुको कुनै औचित्य नरहेको प्रष्ट पार्नुभयो । सिके राउतकोे एउटा समूह मात्र भएको बताउँदै उपप्रधानमन्त्री यादवलले यसबाट तराईका जनताको हकअधिकार स्थापित नहुने प्रष्ट पार्नुभयो । उहाँले राष्ट्रिय जनता पार्टीसँग एकता ठूला मिडियाको अखबारको पानामा मात्र रहेको छ भन्दै यस सम्बन्धमा कुनै छलफल र चर्चा पार्टीभित्र नचलेको बताउनुभयो ।

काङ्ग्रेस बैठक स्थगन

नेपाली काङ्ग्रेको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ ।

दलका केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि थप छलफल गर्न आवश्यक रहेको हँुदा आजको बैठक स्थगन गर्नुपरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । नेकाले आजको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र समसामयिक विषयमा निर्णय गर्ने अपेक्षा गरिएको थियो ।

नेपाली काङ्ग्रेसका २८ केन्द्रीय विभाग रहेकामा तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् । केन्द्रीय सभापतिको अध्यक्षतामा पदाधिकारी स्वतःपदेन सदस्य हुने र केन्द्रीय कार्यसम्पादन समिति ३१ सदस्य रहनेछ ।

‘संसदीय दललाई वाणी सुन्ने थलो मात्र बनाइनु हुन्न’

प्रमुख राजनीतिक दलका संसदीय दलका बैठक पछिल्लो समय नेताहरुको वाणी सुनाउने थलेका रुपमा मात्र सीमित हुने गरेको गुनासो आएको छ ।

संसदीय मामिला पत्रकार समाजले आयोजना गरेको संसद्–मिडिया अन्तरसम्बन्ध विषयक कार्यक्रममा सहभागी सांसदले भन्नुभयो, “अचेल पार्टीको संसदीय दलको बैठक नेताको वाणी सुनाउने थलोका रुपमा मात्र प्रयोग भइरहेको छ । संसदीय दलले सामूहिक ऐजेण्डा तय गरेर मिडियामा जान सक्छ, सांसदलाई शून्य र विशेष समयमा उठाउने विषयवस्तु दिन सक्छ, तर पछिल्लो समयमा यो अभ्यास लगभग छैन ।”

संसदीय दलको निर्णय प्रणाली कमजोर बन्दै गएको छ । यसले मिडियाको पहँुच पनि सीमित बनिरहेको छ । संसदीय दलको गतिविधि प्रवक्ता तोकेर गर्न सकिने भए पनि उक्त व्यवस्था प्रभावकारी हुननसकेको सांसदहरुको बुझाइ छ । “अहिले पहिलेको जस्तो बैठकमा ऐजेण्डामाथि बहस र छलफल हँुदैन, संसदीय दलका निर्णय प्रक्रिया कमजोर छन्, अनुमानका भरमा र मिडियाले सम्प्रेषण गरेको खबरका आधारमा निर्णय थाहा पाउनुपर्ने अवस्था छ”, पूर्वकानून मन्त्रीसमेत रहनुभएका सांसद शेरबहादुर तामाङले भन्नुभयो ।

उहाँ भन्नुहुन्छ, “विधि, प्रक्रिया र नीति प्रभावकारी हुनसकेका छैनन्, ऐजेण्डामाथि भएको छलफलका आधारमा निर्णय लिने र प्रवक्ता तोकेर सबैलाई सुसूचित गर्नुपर्ने देखिन्छ । लोकतान्त्रिक शासन व्यवस्थामा पारदर्शीको विषयलाई कानूनमै व्यवस्थित गरेर लैजानुपर्छ, पार्टीको संसदीय दलमा एजेण्डा प्रवेश गराएर त्यसमाथि बहस र छलफल गर्ने चलन हराएको छ, त्यसकाकरण हामीले मिडियालाई सही सूचना दिन नसकेको अवस्था हो ।”

मुलुकका समसामयिक विषयबारे बैठकमा एजेण्डा नै प्रस्तुत गरेर छलफल गर्नुको साटो सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट तथा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसमा पनि सभापतिको निर्देशनात्मक मन्तव्यमा सीमित हुने गरेको घटना सांसदले खुलासा गर्नुभएको हो । सांसद नवीना लामा भन्नुहुन्छ, “जनचासोका कतिपय विषय पनि दलको ह्वीपले गर्दा आफूले चाहेर पनि बोल्न पाइँदो रहेनछ । पार्टी नबोल भन्छ, आफूलाई बोल्न मन लागिरहेको हुन्छ । संसदीय दल अहिले लोकतन्त्रमा पनि केही व्यक्तिको प्रभूत्व जमाउने स्थान मात्र बनेको अनुभव भएको छ । पद्धतिलाई भन्दा व्यक्तिविशेषलाई प्राथमिकता दिने प्रवृत्ति मौलाएको छ । त्यस्ता विषयमा मिडियाले ध्यान पु¥याउनुपर्छ ।”

संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्ष एवं सम्पादक हरिबहादुर थापा संसद्ले सरकारलाई हाक्नुपर्नेमा अहिले परिस्थिति ठिक उल्टो दिशामा गएको धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “संसद् र संसदीय समिति सक्रिय भएको सरकार देख्न चाहन्न भन्ने विभिन्न घटनाले पुष्टि गरेको छ, विवाद निरुपणमा सांसदको भूमिकालाई अहिले कमजोर तुल्याइएको छ, जस्तोसुकै विवादको समाधान खोज्ने थलो संसद्लाई बनाउनुपर्छ ।”

सांसद विजय सुब्बाले पछिल्लो मन्त्रिपरिषद्को गठनदेखि राजदूत नियुक्तिसम्म आइपुग्दा संविधानको मर्म र भावनाअनुसार समावेशी र समानुपातिक विषय सम्बेधन भए÷नभएकोबारे पत्रकारले कुरा उठाउनु पर्दैन ? भन्नुभयो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले संसदीय गतिविधिलाई पारदर्शी तुल्याउने र संसद्लाई प्रविधिमैत्री तुल्याउने कामलाई प्राथमिकतामा राखेर आफूहरुले काम गरिरहेको बताउनुभयो ।

‘वेष्ट मिनिष्टर फाउण्डेशन फर डेमोक्रेसी’को सहयोगमा सञ्चालन भएको दुईदिने उक्त कार्यक्रममा बेलायतको संसद् मामिलासम्बन्धी जानकार जोइ ओलीभरवाटस्ले त्यहाँको संसद्मा मिडिया र आम जनताको पहुँचका विभिन्न पाटो पक्षका बारेमा जानकारी गराउनुभएको थियो । समाजका अध्यक्ष नारायण काफ्लेले कानून निर्माण गर्ने प्रमुख दायित्व रहेको संसद्मा हुने गतिविधि सही ढङ्गबाट जनतासमक्ष पु¥याउन संसद्, सांसद र पत्रकारबीच सहकार्यको आवश्यकता औँल्याउनुभयो । राष्ट्रिय सञ्चारमाध्यममा संसद् विटमा काम गर्ने ३० भन्दा बढी सञ्चारकर्मीको सहभागिता थियो ।

काङ्ग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्छ : डा कोइराला

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस मध्यपुरथिमि नगरसमितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काःजात्राको अवसरमा छ्वासटोलमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “काङ्ग्रेस एकताबद्ध भएर अघि बढेमा आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्न कसैले रोक्न सक्दैन् ।”

“बिपीले देखाएको बाटो काङ्ग्रेसले विर्सन हुन्न”, महामन्त्री डा कोइरालाले भन्नुभयो, “राष्ट्रिय मेलमिलापको नीति अङ्गालेको काङ्ग्रेसभित्र नै मेलमिलाप नहुन दुःखद हो ।”

उहाँले सरकारको गतिविधि सङ्घीयता विरोधी भएको आरोप लगाउँदै “मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला दुई तिहाईको सरकार सबै अधिकार आफैं राख्ने प्रयत्न गर्देछ, जुन सङ्घीयता विरोधी छ, यसले सरकार सङ्घीयतामा विश्वास गर्दैन भन्ने देखाएको छ”, भन्नुभयो ।

सरकारको एकवर्षे कामको मूल्याङ्कन गर्दै महामन्त्री डा कोइरालाले भन्नुभयो, “सरकारको एकवर्षे कार्यकालमा धन्यवाद दिने खालको एउटा पनि काम भएको छैन । सरकारले काम गर्ने ठोस् योजना पनि प्रस्तुत गर्न सकेको छैन । मुलुकमा शान्ति सु–व्यवस्था हुनुको सट्टा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारका घटना वृद्धि भएका छन् ”

काङ्ग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय अनुशासन समितिका संयोजक भिष्मराज आङ्दम्बेले दुई तिहाइ बहुमतको सरकारले पनि आदिवासी जनजाति, मधेशी, थारु, महिलालगायतको असन्तुष्टिलाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनमा सररकार गम्भीर नभएको आरोप लगाउनुभयो ।

नगर समितिका सभापति सुरेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले निर्वाचनपछि निराश बनेका कार्यकर्तालाई पुनजाग्रित गराउन ‘जन जनमा काङ्ग्रेस, मन मनमा काङ्ग्रेस’ भन्ने मूलनाराका साथ काङ्ग्रेसले शुरु गरेको पुर्नजागरण अभियानले पार्टीलाई एकतावद्ध हुनमा अभिप्रेरित गर्ने बताउनुभयो । रासस