माल्दिभ्समा आज संसदीय निर्वाचन हुँदै

माले, माल्दिभ्स्, २३ चैत । पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई जबरजस्ती पदबाट हटाइएपछि माल्दिभ्समा आज शनिबार संसदीय निर्वाचन भएको छ ।

निर्वाचनमा पूर्व राष्ट्रपति मोहमद नशिद सवै भन्दा उच्च ओहदाका उम्मेदवार हुनुहुुन्छ । आजको निर्वाचनबाट पिपल्स मज्लिस भनिने संसदका लागि ८७ जना निर्वाचित हुनेछन् ।

गत सेप्टेम्बरमा भएको निर्वाचनमा नशिदकै पार्टीका अर्का नेता मोहम्मद इब्राहिम सोलिह विजयी भई यमिन पराजित भएपछि यमिनलाई निर्वासनमा हुनुहुन्थ्यो । अहिले भने उहाँ स्वदेश फर्किनु भएको छ ।

सोलिहले आइतबारको निर्वाचनबाट उहाँको पार्टी माल्दिभीयन डेमोक्र्याटीक पार्टी (एमडीपी) अत्यधिक मतका साथ विजयी हुने दाबी गर्नुभयो । “मैले जोड दिएर भन्न चाहन्छु की, नयाँ संसदमा पनि हाम्रो उपस्थिति सशक्त हुनेछ, त्यो संसदले आफ्नो निती र कामहरुलाई पूर्ण समर्थन गर्ने अपेक्षा गरिएको छ,” बिहीबार राती आयोजित चुनावी सभामा सोलिहले भन्नु भएको थियो ।

नयाँ संसदमा नशिदको नै सवै भन्दा मुख्य भूमिका हुने अनुमान गरिएको छ । पूर्वराष्ट्रपति यमिन शक्तिमा भएका बेला नशिदलाई विवादास्पद आतङ्कवाद सम्वन्धी मुद्धा लगाएर १३ वर्षे जेल सजाय सुनाइएको थियो ।

गत वर्ष राष्ट्रपति परिवर्तन भएपछि उहाँलाई दिएको जेल सजाय रद्द गरेर रिहा गरिएको थियो ।