आफ्नो साइकलले किचेको चल्लालाई उपचार गर्न पैसा बोकेर असपताल पुग्ने यी बालकलाई गरियो सम्मान !

एजेन्सी, २३ चैत्र । आफ्नो साइकलले किचेको चल्ला बोकेर उपचारका लागी अस्पताल पुगेका ६ वर्षीय बालक डेरेक सी लालचनहिको अहिले सर्वत्र चर्चा छ ।

उनको वालमस्तिष्कले चल्ला माथि देखाएको इमान्दारिता र करुणाको कारण उनको विश्वभर चर्चा भएको हो ।

यो तस्बिर देखेपछि आफूसँग भएको सम्पूर्ण पैसा सहित चल्लाको उपचार गराउन अस्पताल पुगेको थाहा पाउने लगभग सम्पूर्ण नै भावुक भए । मानवताको उत्कृष्ट उदाहरण भन्दै भारत मिजोरम राज्यका ती बालकको सामाजिक संजाल र मिडियाहरुमा खुलेरै प्रसंशा गरियो ।

उनको यो कदमपछि परिपक्कता र इमान्दारितालाई सम्मान गर्दै उनी अध्ययन गर्ने विद्यालयले डेरेकलाई इनाम दिएको छ । उनलाई सम्मान गर्दै स्कुलले “प्रशंसा पत्र”ले विभूषित गरेको बताइएको छ ।

स्कुलले दिएको “प्रशंसा पत्र” सहित डेरेकको तस्विर सामाजिक संजालमा फेरी भाइरल भएको छ । तस्विरमा उनी प्रसन्न मुद्रामा देखिएका छन् ।

सानै उमेरमा उनले देखाएको परिपक्कताको कारण उनलाई सम्मान गरिएको भारतीय मिडियाहरुले बताएका छन् ।