यूएईमा ट्याक्सी दुर्घटना हुँदा २ नेपालीको मृत्यु, २ जना गम्भीर घाइते

यूएई, २३ चैत्र । यूएईमा ट्याक्सी दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ भने अरु दुई नेपाली घाईते भएका छन् ।

गत आइतबार राती १२ बजे भएको दुर्घटनामा परेर ज्यान गुमाउनेमा नवलपरासी कावासोती रामनगरका निरोज परियार र ठेगना नखुलेकी शान्ति विक रहेका छन् ।

दुर्घटना ग्रस्त ट्याक्सी चालक र ट्याक्सीमा सवार अन्य एक नेपालीको परिचय पनि खुलेको छैन ।

घाइतेहरुको अहिले आबुधाबी स्थित खालिफा अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको कम्पनीले जनाएको छ ।