कुनै बेलाको मान्छे निल्ने सडक अहिले बन्यो नेपालकै सुन्दर र बाटो (भिडियो)

काठमाडौँ । मान्छे निल्ने सडक-मुग्लिन नारायाणगड सडकखण्ड हो शीर्षकमा भनिएको वाक्यलाई प्रमणित गर्ने यो सडकमा २०७१ साल चैत यता भएका सडक दुर्घटना र ज्यान गुमाउनेहरुको गणितले प्रस्ट पार्दछ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय मुग्लिनका अनुसार यो खण्डमा २०७१ साल चैतयता ८० वटा सवारी दुर्घटनामा ७३ जनाको ज्यान गइसकेको छ। सो अवधिमा भएका दुर्घटनामा १७७ जना घाइते भएको र १४ जना बेपत्ता भएको बताइएको छ।

केही समय अगाडी एउटा बस नदीमा खस्दा २५ जनाको ज्यान गएको थियो भने ६ जना बेपत्ता भएका थिए। तर अहिले यो सडककोमा यात्रा गर्दा कुनै बिकसित देशको सडकमा यात्रा गरेको महशुस हुन्छ । भौगोलिक हिसाबले चुनौती पूर्ण रहेको सडक छेउछाउलाई पनि मर्मत गरिएको छ ।  समयमै यो सडक यतिको बनाईदिएको भए धेरैको परिवार संगै हुने थियो कयौका सुन्दुर खाली हुने थिएन,कयौ मानिस टुहुरा हुन्बाट बच्ने थिए ।

नारायणघाट-मुग्लिन सडकबाट दिनमा सयौं सवारी साधन गुड्ने गर्दछन्। ३६ किलोमिटर लामो यो सडकखण्डले तराईको पूर्व-पश्चिम र पहाडको  पृथ्वी राजमार्गलाई जोड्दछ। हेर्नुहोस नारायणगढ देखि मुग्लिनसम्मको अहिले बनेको सुन्दर सडक ।