प्रचण्ड भन्छन् – मलाई विश्वले नोबेल शान्ति पुरस्कार दिनुपर्छ !

काठमाडौ, २२ चैत्र । १२ बर्षे शसस्त्र जनयुद्द शान्ति वार्तामार्फत टुंगिएपछि नेपाल विश्व समुदायका शान्तिका लागि ठुलो उदाहारण बनेको ब्याख्या बेलाबेलामा हुने गर्दछ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि तत्कालीन माओवादी र नेपाल सरकारबीच शान्ति–सम्झौता भएको घटनामा नोबेल शान्ति पुरस्कार दिइनुपर्ने दावी गर्नुभएको छ ।

यसरी हेर्दा नोबेल शान्ति पुरस्कारका लागि प्रचण्ड स्वयम नै इच्छुक भएको आंकलन सुरु भएको छ ।

यो भन्दा पहिले प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिनुपर्छ भन्दै केही व्यक्तिहरुले माग पनि गरेका थिए ।

राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले शान्ति–सम्झौतामार्फत् सेना समायोजन र हतियार व्यवस्थापन गरिएकाले संक्रमणकालीन न्यायलाई पनि चाँडै नै टुंगो लगाइने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘जनतालाई न कुनै पार्टी न त कुनै पार्टीको एजेन्डासँग सरोकार छ । उनीहरुले देशमा सरकारात्मक परिवर्तन चाहेका छन् ।’