‘खसिनी दिदी’ पुगिन् हावाहुरी प्रभावित गाउँ, ६ परिवारलाई घर बनाइदिने घोषणा

काठमाडौं, २२ चैत्र । केही समय अघि एक भिडियबाट निकै चर्चामा आएकी खसिनी दिदी अर्थात नायिका आशिका तामाङ्ले बारा पर्सामा पुगेर आँधी पीडित ६ घर परिवारलाई घर बनाईदिने घोषणा गरेकी छिन् ।

पेशाले नर्स र जर्मन नागरिकसंग विवाह गरेर जर्मनीमै बसोवास गर्दै आईरहेकी तामाङ् हाल नेपालमा आएकी छिन् ।

केहि समयअघि सामाजिक सञ्जालमा दंशैमा जनावरको हत्या गरेर मासु खाने परम्पराको बिरोध गर्ने क्रममा रुँदै गरेको एउटा भिडियो सार्वजनिक भएपछि उनी भाईरल बनेकी थिईन् ।

उनले केही अगाडि नेपाली फिल्म ‘सुश्री’ निर्माण गरि नायीका समेत बनेकी थिईन । जसमा चर्चित नायक आर्यन सिग्देल उनको जोडीको रुपमा प्रस्तुत भएका थिए ।