अमेरिकामा सीभीई टेक्नोलजी ग्रुपमा कार्यरत २८० आप्रवासी कर्मचारी पक्राउ !

न्यूयोर्क, २२ चैत्र । पछिल्लो समय अमेरिकामा लुकेर बसिरहेका आप्रवासीहरु धमाधम पक्राउ पर्न थालेका छन् । यसैक्रममा अमेरिकी आप्रवासन अधिकारीहरुले टेक्सास राज्यको एक प्रविधि कम्पनीमा कार्यरत २८० भन्दा बढी कर्मचारी पक्राउ गरेका छन् ।

अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार संघीय जाँच एजेन्टहरुले बुधबार टेक्सासस्थित सीभीई टेक्नोलजी ग्रुपमा कार्यरत २८० कर्मचारीलाई पक्राउ गरेका हुन् ।

उनीहरु गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका आप्रवासी भएको अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार संघीय जाँच एजेन्टहरुको दावी छ ।

अमेरिकी इतिहासमा टेक्सासको कुनै कम्पनीबाट यति ठूलो संख्यामा कामदार पक्राउ गरिएको यो पहिलो घटना हो ।

यो कम्पनी डालसबाट करिब २४ किलोमिटर उत्तरपूर्वको कोलिन काउन्टीमा छ । एजेन्सीले ‘गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्ति कम्पनीमा कार्यरत रहेको’ दाबी गरेको छ ।

तर पक्राउ परेका व्यक्तिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । एजेन्सीले गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिलाई काममा लगाएको सूचनाका आधारमा छापा मारेको जनाएको छ ।