थापाको निधनमा दुःख व्यक्त

काठमाडाँै, २१ चैत । राष्ट्रिय मानव अधिकार आयोगले अधिवक्ता तथा मानवअधिकारकर्मी तेजश्री थापाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलद्वारा आज जारी विज्ञप्तिमा थापाको निधनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मानवअधिकारका क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको उल्लेख छ । आयोगले यस दुःखद् घडीमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । थापाको अमेरिकाको न्यूयोर्कमा यही चैत १२ गते ५२ वर्षको उमेरमा निधन भएको थियो ।

थापाले महिला हिंसा विरुद्धको संयुक्त राष्ट्रसङ्घीय विशेष समाधिक्षक भई कार्य गर्नुभएको थियो । उहाँ १५ वर्षदेखि ‘‘ह्युमन राइट्स वाच”मा वरिष्ठ अनुसन्धानकर्ताका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले पूर्व युगोस्लाभियाको अन्तर्राष्ट्रिय अपराधन्यायाधीकरण तथा बोस्नीयाहर्जगोभिनामा भएको सामूहिक बलात्कारको अनुसन्धानमा समेत उल्लेखनीय योगदान पु¥याउनु भएको विज्ञप्तिमा उल्लेख छ । रासस