बिहान सामान्य पेट दुखेर अस्पताल लागिएको वडाध्यक्षको मृत्यु !

गौशाला, २१ चैत । महोत्तरीका एक वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको बलवा नगरपालिका–८ का वडाध्यक्ष लोकेन्द्र महतोको आज मृत्यु भएको हो ।

बिहान अचानक पेट दुखेर उपचारका लागि जनकपुरस्थित रामजानकी हेल्थ केयरमा जानुभएका महतोले दिँउसो १२ बजेसम्म ठिक भई खाना खाएर एकछिन हिँड्डुलसमेत गर्नुभएको थियो ।

करीब आधा घण्टापछि वडाध्यक्ष महतोले आफूलाई सञ्चो नभएको र अप्ठ्यारो भएको आफन्तलाई भनेपछि उपचारका लागि पुनः सोही अस्पताल लगिएको र केहीबेरमा उपचारकै क्रममा मृत्यु भएको बलवा नगरपालिकाका प्रमुख विनोद यादवले बताउनुभयो ।