१७ हजार घुससहित वैदेशिक रोजगार विभागबाट प्रहरी जवान लोहार पक्राउ

काठमाडौं, २० चैत्र । १७ हजार घुसासहित एक प्रहरी जवान पक्राउ परेका छन् ।

महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरमा दरबन्दी भएर ताहाचलस्थित वैदेशिक रोजगार विभागमा खटिएका प्रहरी जवान गणेश लोहार घुससहित पक्राउ परेका हुन् ।

साउदी अरबका लागि श्रम स्वीकृति लिने सिलसिलामा सेवाग्राहीसँग १७ हजार घुस लिइरहेको अवस्थामा उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।