उडुसले टोकेर जिन्दगी बर्बाद भएको भन्दै अदालतमा मुद्धा दायर पछि १६ लाख डलर क्षतिपूर्ति

एजेन्सी । उडुसले टोकेर छोराको जिन्दगी नै अप्ठ्यारो भएको भन्दै एक बाबुले अदालतमा मुद्धा दायर गरेपछि उनले क्षतिपूर्ति पाएका छन् । घटना हो अमेरिकाको । ३४ वर्षीया लिलिएना मार्टीनेजका अनुसार २०१२ मा उनी र उनको श्रीमान नयाँ एपार्टपेन्ट सरेपछि यो समस्या शुरु भएको र आफ्नो तीन वर्षे छोरा जोर्ज मरभिल्लाको अनुहार र सम्पूर्ण शरिरमा रातो दाग भेटेपछि त्यो दाग अहिलेसम्म पनि रहेको छ ।

रातो दाग भेटे लगत्तै छोरालाई अस्पतालमा भर्ना गरे । अनुहार र सम्पूर्ण शरिरमा रातो दाग देखेपछि अस्पतालले घरमा उडुस भएको पत्ता लगायो र त्यसको असर रहेको चिकित्सकले बताए । उडुसको टोकाइबाट पिति बनेका ति बालकको पक्षमा क्यालिफोर्नियाको एक अदालतले १६ लाख डलर क्षतिपूर्ति दिन आदेश दिएको छ ।

सोमबार क्यालिफोर्नियाको एक नागरिक न्यायाधिसले एक दिन भरको प्रयास पछि मार्टिनेजको परिवार बसेको एपार्टमेन्ट धनी एम्युजमेन्ट सिक्स एपार्टमेन्टलाई पन्न्ध्र लाख त्रियानब्बे हजार पाच सय डलर क्षतिपुर्ति तिर्न आदेश दिएका हुन् ।