पत्नीसँग अनुमति लिएरै दिए अभिनेता रविले को-स्टारको साथ इन्टिमेट सिन !

एजेन्सी, २० चैत्र । चर्चित टिभी शो ‘जोधा-अकबर’, ‘धर्म-वीर’, ‘दो दिल बंधे एक डोरी’ जस्ता धेरै सिरियल गरिसकेका रवि भाटियाले आफ्नो को-स्टारसँग इन्टिमेट सीन दिएका छन् ।

उनले वेब सीरीज ‘हलाला’ मा आफ्नो को-स्टारसँग यस्तो इन्टिमेट सिन दिएका हुन् ।

रोचक कुरा त के छ भने शुट गर्नुभन्दा पहिले रविले आफ्नी पत्नी युलिडासंग अनुमति लिएका थिए । यस सिन गर्नको लागि आफुलाई निकै असहज लागेको रविले बताएका छन् ।

तर पत्नी युलिडाले बिना कुनै हिचकिचाहट यस सिन गर्नको लागि आफुलाई प्रोत्साहित गरेको रविले बताएका छन् । साथै पहिलो पटक यतो सिन गर्दा जुनसुकै कलाकारले असहज महसुस गर्ने उनले एकअन्तर्वार्तामा बताएका छन् ।