रोकिएन टिपर आतंक, काठमाण्डाैको जडिबुटीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डाै, २० चैत्र । टिपर आतंक अझै रोकिएको छैन । काठमाण्डाैको जडिबुटीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुको तौलिहवाका राजेन्द्र आचार्य रहेको खुलेको छ ।

आज बुधबार दिउँसो जडिबुटीको सडकमा कुदी रहेको बा ८३ प १७९७ नम्बरको मोटरसाइकललाई बा २ ख ६७८२ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक आचार्यको ज्यान गएको हो । मोटरसाइकललाई ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

राजधानीमे बेला बेला टिपरले पैदल यात्रा तथा मोटरसाइकल स्कुटरलाई ठक्कर दिई दुर्घटना गराउदै आएका छन ।