‘दाल भात तरकारी’का नायक पुष्प खड्का केटी बन्दा यस्तो देखियो ! (तस्बीर सहित)

काठमाडौं, २० चैत्र । बहुप्रतिक्षित चलचित्र ‘दाल भात तरकारी’मा नायक पुष्प खड्का महिला बनेका छन् ।

बैशाख २० गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको एक दृष्यमा उनी महिलाको भूमिकामा प्रस्तुत भएका हुन् ।

नायक पुष्प खड्काले कुराकानीमा चलचित्रको कथा नै त्यस्तै भएका कारण आफूले उक्त लुक्स बनाएको बताएका छन् । उनले भने, ‘चलचित्रको एक दृष्यमा महिला बन्नुपर्ने थियो । त्यसैले मैले त्यो लुक्स बनाएको हुँ ।’ पुष्पले चलचित्रमा आफ्नो भूमिका तेस्रोलिंगीको नभएको पनि प्रष्ट पारेका छन् ।

मह संचारको व्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’लाई सुदन केसीले निर्देशन गरेका हुन् । किरण केसीको निर्माणमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता मह संचार हो ।

यो चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, राजाराम पौडेल, विल्सन विक्रम राई, वर्षा राउत, आँचल शर्मा लगायतको मुख्य भूमिका छ ।