पदको चरम दुरुपयोग : नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कुर्सि र कम्प्युटर छोरीलाई गेम खेल्न छोडेर आफु चाँही बाहिर घुम्दै !

इटहरी, २० चैत्र । सुनसरीको दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले आफ्नो कुर्सि र कम्प्युटर आफ्नो सानी छोरीलाई गेम खेल्नको लागी छोडेको देखिएको छ ।

अधिकृत ओझाको कुर्सीमा मंगलबार दिनभर ती बालिका कम्प्युटरमा तास खेल्दै बसिरहेकी थिइन । पछि बुझ्दा उनि प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाको छोरी रहेछिन् , पूर्वेली न्युजले खबर प्रकाशित गरेको छ ।

काठमाडौबाट स्कुल बिदा मनाउन अधिकृतकी छोरी खुशी ओझा दुहबी आएकी रहेछिन् । अधिकृतले छोरीलाई कार्यालयमा छाडेर बाहिर गएका रहेछन् । सो क्रममा छोरीले ‘टाईम पास’ गर्न उनको कार्यकक्षको कम्प्युटर खोलेर चिप्स खादै तास खेलेकी रहेछिन् ।

केही सेवाग्राहीले भने उनले तास खेलिरहेको दृष्य कैद गर्दा पनि ति बालिकालाई कुनै वास्ता थिएन । लागथ्यो उनि आफ्नै घरमा कम्प्युटर चलाइरहेकी छिन् ।

उनलाई कार्यालयमा आउने सेवाग्राहीले सोध्दा ‘बाबाले नै खोल्नु’ भनेर भनेको बताईन् । अधिकृतको कार्यकक्षमा यस्तो दृष्य देखेपछि सेवाग्राहीले पदको दुरुपयोग भयाे भन्दै आक्रोश पोखेका थिए ।