शाहिद अफ्रिदी र राशिद खानलाई पछि पार्दै नेपाली लेग स्पिनर सन्दीप बने विश्वकै सर्वाधिक विकेट लिने स्पिनर !

एजेन्सी, १९ चैत्र । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् ।

हाल दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका नेपाली गुगली ब्वाई सन्दिपले लगातार सफलता हात पार्दै सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका हुन् ।

सोमबार राती इन्डियन प्रिमियर लिग अन्तरगत १३ औं खेलमा किंग्स इलाभेन पन्जावसँग ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएसँगै सन्दीपले यो सफलता हात पारेको जनाइएको छ ।

सन्दीपले सन् २०१९ मा २७ विकेट लिई सकेका छन् । सन्दीपले पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बंगलादेशका सकिब अल हसनलाई पछि पारेका हुन् । सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् ।