आगलागीबाट रु १५ लाखको क्षति

पाल्पा, १९ चैत । पाल्पाको तानसेन काजीपौवास्थित कपास उद्योगमा आगलागी हुँदा १५ लाख बराबरको क्षति पुगेको छ । तानसेन–७ काजीपौवाको भगवती उद्योगमा कपास पेलेको अवस्थामा विद्युत् चुहावट हुँदा आज १० बजेतिर आगलागी भएकोे हो ।

कपास पेल्ने मेशिन दुई थान, बाकस, सिरक डस्ना, कपडा लगायतका समान जलेर नष्ट भएको उद्योगका सञ्चालक अजय चौधरीले बताउनुभयो । स्थानीय, नेपाली सेना, प्रहरीले आगो नियन्त्रणमा सहयोग गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो । रासस