जाडो मौसममा कसरी बनाउने मसरुम र हट एन्ड सावर सुप ? यस्तो छ सरल विधि

काठमाडौं । जुन सुकै मौसम खान मिल्ने तथा शरीरमा तागत दिने भनिएको सुप हो बिशेस गरि जाडो मौसममा । बिरामी हुँदा पनि भेज सुप खान सकिन्छ र सुप आफैँ पनि बनाउन सकिन्छ । यहाँ दुईवटा सुप बनाउने तरिकाबारे जानकारी दिन खोजिएको छ । एउटा मसरुम सुप र अर्काे हट एन्ड सावर सुप बनाउने विधिबारे तलको तरिका पढ्नुहोस

मसरुम सुप कसरी बनाउने ?

मसरुम सुप बनाउन मसरुम १० ग्राम, लसुन ५ ग्राम, मैदा ५ ग्राम, बटर २ चम्चा, नुन र मरिच स्वादअनुसार, तेज पत्ता १ ग्राम तथा स्टक २ कप सामाग्री चाहिन्छ । यी सामान जुटाइसकेपछि भाँडामा बटर तताएर लसुन फुराउने । मसरुम र मैदा हालेर एकछिन पकाउने । त्यसपछि स्टक हालेर पाक्ने गरी उमाल्ने । यसरी मसरुम सुप तयारी हुन्छ ।

कसरी हट एन्ड सावर सुप बनाउने ?

यो सुप बनाउन गाजर ५ ग्राम, तोफु ५ ग्राम, क्याप्सिकन(रातो र पहेंलो) २–२ ग्राम, सिमी ५ ग्राम, कर्नफ्लोर २ टेबुल चम्चा, हट सस १ चम्चा, भिनेगर १ टेबुल चम्चा, तिलको तेल १ चम्चा, अदुवा र लसुन २ चम्चा, हरियो प्याज १ ग्राम, स्टक २ कप तथा सोया सस १ टेबुल चम्चा सामाग्री चाहिन्छ ।

यी सामान जुटाइसकेपछि भाँडामा पानी बसालेर सबै भेज हाल्ने । आवश्यकताअनुसार नुन, मरिच, भिनेगर, सोया सस, तिलको तेल, हट सस, कर्नफ्लोर हालेर विस्तारै चलाउँदै सुप तयार हुन्छ ।