राहत लिएर एनआरएनए टोली पुग्यो हावाहुरी प्रभावित क्षेत्र

काठमाडौं, १९ चैत्र । हावाहुरी प्रभावीत बाराको तेलगाईमा गैर आवासीय नेपाली संघ (एनआरएनए ) पनि पुगेको छ ।

हावाहुरी प्रभावितलाई राहत वितरण गर्न आइसिसी उपाध्यक्ष कुमार पन्तको नेतृत्वको एनआरएनए टोली त्यहाँ पुगेको हो ।

एनआरएनले बाराको तेलगाँई गाउँका ७८ परिवारलाई २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल र १ लिटर तेल वितरण गरेको एनआरएन प्रवत्ता भुषण घिमिरेले जानकारी दिएका छन् ।

एनआरएन टोलीले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतसँग भेटभाट गरि छलफलपश्चात त्यसतर्फ राहत वितरणमा गएको थियो । भेटघाटको क्रममा मुख्यमन्त्री राउतले विकट गाउँमा राहत वितरण हुन नसकेको बताएका थिए ।

एनआरएनले पुरौया गाउँका ५ सय घरधुरीलाई २५ किलो चामाल, ५ किलो आलु, २ किलो दाल र एक लिटर तेल वितरण गर्दैछ ।