खराब महिलाको चक्करले डीएसपीकै फुली गुम्यो !

काठमाडौं,,१९ चैत्र । पुरुषको सफलताको पछाडी महिलाको ठुलो हात हुन्छ भने जस्तै एक खराब महिलाको संगतका कारण हालै एक एक इन्सपेक्टरको बेइजत हुनुका साथै डिएसपी हुनबाट पनि बञ्चित भएका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका इन्सपेक्टर दिनेश भण्डारी गलत संगतकै कारण विवादमा परेपछि बढुवामा छुटेको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

इन्सपेक्टर भण्डारीसँगको चिनजानलाई आधार बनाएर विराटनगरकी कमला खरेल भण्डारीले साढे २३ लाख रुपैयाँ ठगी गरेकी गरिन् । जसमा इन्सपेक्टरको समेत सहयोग देखिएपछि उनीमाथि समेत छानबिन भइरहेको छ ।

छानबिनमा इन्सपेक्टरले पैसा लिएको देखिन्न र महिलासँग विनाकारण नजिक भएको देखिन्छ । सोही विवादमा परेपछि सिनियर भएर पनि बढुवामा छुटेका छन् ।

गत १ पुसमा टोखामा भएको एक आवेग प्रेरित हत्याका अभियुक्तलाई छुटाउने भन्दै कमलाले आफन्तसँग पैसा लिएकी थिइन् । महाराजगञ्ज वृत्तमै रहेको सो मुद्दा मिलाइदिने भन्दै इन्सपेक्टर भण्डारीसँग पटक–पटक भेट्दथिन् ।

इन्सपेक्टरसँगै भेटेको देखेपछि पक्राउ परेका व्यक्तिका आफन्तले निर्धक्क भएर उनीलाई पैसा दिएका थिए । तर, पक्राउ परेका सबैलाई अदालतले जेल पठाउने आदेश दिएपछि ठगी प्रकरण बाहिर आएको हो ।

आफ्नो श्रीमानमाथि सौता लागेको भन्दै मुगु घर भएकी अजिता मल्ल शाहीको विष्णुमाया मल्ल, भगवती मल्ल, रीता केसी र गण्डिपराज मल्लले घाँटी थिचेर हत्या गरेका थिए ।

कमलाले प्रहरीदेखि अदालतसम्म घुस खुवाएर सबै मिलाइदिने भन्दै पटक–पटक पैसा लिएकी थिइन् । इन्सपेक्टर भण्डारीलाई देखाएर उनले पैसा लिएकी हुन् ।