मिनीट्रकको ठक्करबाट एक बालकको मृत्यु

नुवाकोट, १९ चैत। ककनी गाउँंपालिका वडा नं २ सिसडोलमा राजधानीबाट फोहोर बोकेर ल्याएको गाडीले किच्दा एक बालकको ज्यान गएको छ । वा४ख ९६४७ नम्बरको फोहोर बोक्ने आइचर मिनीट्रकले ओखरपौवाका १३ वर्षीय संजोक नेपालीलाई किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाडीले किचेर गम्भीर घाइते बालकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा ज्यान गएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो ।रासस