सन्दिप लामिछानेले पाचौ बल मै किङ्स–११ पन्जाबका बलियो ब्याट्सम्यानको विकेट लिएका छन

काठमाडाैं । अहिले भइरहेको दिल्ली क्यापिटल्स र किङ्स–११ पन्जाब बीचको खेलमा सन्दिप लामिछानेले एक विकेट लिएका छन । चौथो ओभरमा बलिङ गर्न आएका सन्दिपले आफ्नो पाचौ बलमा किङ्स–११ पन्जाबका बलिया ब्याट्सम्यान साम कुरानलाई आउट गराएका हुन् । साम आउट हुनु भन्दा अगाडी केवल १० बलमा २० रन बनाएका थिए ।

विश्वको महँगो क्रिकेट लिग मध्येको इन्डियन प्रिमियर लिग आइपीएलमा आज दिल्ली क्यापिटल्स र किङ्स–११ पन्जाब बीच खेल भइरहेको छ । दिल्लीले टस जितेर पहिले बलिङ रोजेको छ । नेपाली लेगस्पिनर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले यस अघि २ खेल जितिसकेको छ भने एक खेलमा हार बेहोरेको छ ।

प्रतियोगिताको दाबेदारका रुपमा आज तेस्रो जितको लागी दिल्ली क्यापिटल्स रहने छ । आजको खेलमा सन्दिप लामिछानेले मौका पाएका छन। अघिल्लो खेलमा कोलकता नाइट राइडर्समाथि सुपर ओभरमा रोमान्चक जित निकाल्ने क्रममा दिल्ली क्यापिटल्सका सन्दीपले शानदार बलिङ गरेका थिए ।

सुरुआतका दुई खेलमा स्थान बनाउन नसकेका उनले तेस्रो खेलमा आफूलाई प्रमाणित गरेका थिए । ४ ओभर बलिङ गर्दै सन्दीपले २९ रन खर्चिएर १ विकेट लिए । सुब मनगिललाई रनआउट गरेका उनले निखिल नायकलाई एलबिडब्लु धरापमा पारेका थिए ।

सन्दिप लामिछाने तिन वर्षका लागी दिल्लीले प्रत्यक वर्ष २० लाख भारुमा आफ्नो टिममा आवद्द गरेको हो ।

खेलको लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नुहोस ।