सिताराम कंटेल धुर्मुस आफै चामलको बोरा बोकेर पुगे बारामा आंधीहुरी पिडितलाई राहत वितरण गर्न, ४ सय परिवारले पाए राहत (तस्बिरसहित)

काठमाडौँ । अचानक आएको आंधीहुरीले बारा र पर्सा जिल्लामा दर्जनौको मृत्यु भएको छ भने सैयौ घाइते भएका छन । प्राकृतिक बिपत्ति भएको उक्त जिल्लामा देश विदेशबाट राहतको सामग्री आउन थालेको छ । व्यक्तिगत तथा संघसंस्थाबाट राहत सामग्री धमाधम आउने क्रम जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरि बारामा राहत दिइने छ ।

त्यसै गरी नेपाल कै चर्चित समाजसेवी तथा कलाकार सिताराम कंटेल धुर्मुस पनि राहत सामग्री लिएर बारा जिल्लाका आँधी प्रभावित क्षेत्र पुगेका छन । ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशनले चामल, त्रिपाल र चाउचाउ अति प्रभावित फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद शाहलगायत प्रतिनिधिको रोहवरमा हस्तान्तरण गरिएको छ।