नेपाली सेनाको प्रवक्ता फेरीए, को बने नयाँ प्रबक्ता ? (पुरा पढ्नुहोस्)

काठमाडौं, १९ पुस । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीको सरुवा भएपछि सहायक रथी यम ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

गोकुल भण्डारी सैनिक प्रतिष्ठान भक्तपुर खरिपाटीमा काज सरुवा भएपछि पूर्वी पृतना इटहरीमा कार्यरत ढकाललाई नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

ढकालले अर्को सातादेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्ने नेपाली सेनाले जनाएको छ ।