पेट दुखेको छ भने पानीसँग यी कुराहरु मिसाएर खाने गर्नुहोस

खानपिनमा राम्रोसँग ध्यान नदिदा हामीलाई पेट दुख्ने समस्या हुने गर्दछ । पेट दुख्ने बित्तिकै प्राय मानिसले औषधी खाने गर्छन् । मानिसहरु आत्तिएर अस्पताल पनि जाने गर्छन् । तर यदी बुद्धी पुर्याउने हो भने हामी घरमै बसेर पेट दुखेको निको पार्न सक्छौं । पेट दुखेको निको पार्न पानीले निकै ठुलो भूमिका खेल्ने गर्छ ।

पेट दुख्ने समस्याबाट मुक्ति हुने उपायहरु यस्ता छन् :

१) दुइ ग्लास पानीमा दुइ चम्चा धानियको धुलो , आदि चम्चा सुकेको अदुवाको धुलो हालेर पानीमा तताउने र बिहान बेलुका यस काँढा पानी खानाले पेट दुखेको आराम हुने गर्छ ।

२) हरीतकी वा हरडको धूलो बिहानबेलुका महसँग लिने गर्नाले पेट दुखेको हराएर जान्छ ।

३) आधी चम्चा ठूलो अलैंचीको धूलो र मिश्री मिसाएर बिहानबेलुका खाने गर्नाले पेटलाई आराम मिल्ने गर्छ ।

४) दिनदिनै दुई चम्चा कागतीको रसमा तीन चिम्टी जाइफलको धूलो मिसाएर पिउनुस् । यो पेट दुखेको समयमा निकै फाइदाजनक हुन्छ ।

५) पेट दुखेको समयमा एक कप पानीमा एक एक चम्चा जीरा र सूप हालेर उमाल्नुस् । मनतातो भएपछि पिउनुस् । यसले आराम मिल्छ ।

६) दिनदिनै हींगको पानीमा कपडा भिजाएर नाइटोमा १५ देखि ३० मिनेट राख्नुस् । यो गर्नाले पेट दुख्ने समस्या कम हुने गर्छ ।

७) एक चौथाइ चम्चा सुकेको अदुवाको धूलो, एक चम्चा सूप र आधी चम्चा मिश्री मिसाएर दिनदिनै बिहान बेलुका खानुस् । यसले पेट दुख्ने समस्याबाट मुक्त पार्छ ।

८) दिनमा चारचोटि एक गिलास मनतातो पानी पिउनु पनि पेटको लागि निकै फाइदाजनक हुन्छ ।