आज काठमाडौंको तापक्रम १ दशमलव ५ डिग्रि सेल्सियस !

काठमाडौं, १९ पुस । काठमाडौंको न्युनतम तापक्रम १ दशमलव ५ डिग्रि सेल्सियसमा झरेको छ ।

मौसम पुर्वाअनुमान महाशाखाले आज बिहान मापन गरेको तापक्रम अनुसार काठमाडौंको न्युनतम तापक्रम १ दशमलव ५ डिग्रि सेल्सियसमा झरेको हो ।

महाशाखाका अनुसार आज विहान ५ बजेर ४५ मिनेटमा गरिएको तापक्रमको मापन एक दशमलब ५ डिग्री सेल्सियस रहेको हो । हिजो न्युनतम तापक्रम एक दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । आज काठमाडौंको न्युनतम तापक्रम शून्य डिग्री पुग्न सक्ने र अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

त्यस्तै देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हिमपात हुने सम्भावना छ । आज राति देशको पहाडी भू–भागमा आंशिक बदलि रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । मध्य र पूर्वका उच्च पहाडि र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।