१० बर्ष पहिले सामाजिक सञ्जालमा भेटेर माया प्रेम गाँसेको विश्वकै होचा दम्पतिको रोचक कथा

एजेन्सी । दश बर्षदेखि एकसाथ रहँदै आएका यी होचा दम्पत्ति ब्राजिलका स्थायी हुन् । यी दम्पति पाउला ग्रेबियल दा सिल्वा बरोस जो ३० बर्षका भए र उनको प्रेमिका कतुसिया होशिनी २६ बर्षकी छिन् ।

यी दुईको भेट १० बर्ष पहिले सामाजिक सञ्जाल बाट भएको थियो । सर्वप्रथम त पाउलोले जब कतुसियासँग बोल्न खोजे तब उनले ब्लक गरिदिएकी थिइन । तर, पाउलोको संघर्षका अगाडि कतुसियाको केही लागेन । अन्ततः यी ३ फिटभन्दा होचो जोडीले कीर्तिमान राखे । अर्थात, यो विश्वकै होचा–पुड्का जोडीको गिनिज बुक अफ वल्र्ड रिकर्डमा रेकर्ड दर्ता गराएका छन् । पाउलो एक लिगल सेक्रेटरी हुन् भने कतुसिया ब्यूटी सलुन चलाउँछिन् । यिनी हरुको खुशी र सुखी जीवन देख्दा जो कोही पनि लोभिन्छ ।